fb nr
Non-Resident Nepali Association

NRNA Scotland

Connecting Nepali communities across Scotland, with Nepali Mela Scotland 2026 bringing culture, music, food and family celebration to the centre stage.

NRNA Scotland community gathering
1,200+Members
4Chapters
15Years active
Latest एनआरएनए स्कटल्यान्डको गम्भीर आपत्ति — भ्रामक प्रचारविरुद्ध। पूरा वक्तव्य पढ्नुहोस् →
Office Address 61 Mary Street, Falkirk, FK2 9PR
NRNA Scotland organizing committee at Nepali Mela Scotland
गम्भीर आपत्ति · Statement १७ जुलाई २०२६ · Scotland

एनआरएनए स्कटल्यान्डको गम्भीर आपत्ति

नेपाली मेला २०२६ का तस्बिर र मञ्चका दृश्य प्रयोग गरी वास्तविक आयोजक नै आफूहरू भएको जस्तो देखाउने भ्रामक प्रचारविरुद्ध राज्य समन्वय परिषद्को औपचारिक वक्तव्य।

यसैबीच, नेपाली मेला २०२६ सम्पन्न भएपछि सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा कार्यक्रमका तस्बिर, मञ्चका दृश्य तथा आयोजकहरूको नाम परिवर्तन गरी वास्तविक आयोजक नै आफूहरू भएको जस्तो देखाउने उद्देश्यले समाचार तथा प्रचार सामग्री प्रकाशित भएको भन्दै एनआरएनए स्कटल्यान्ड राज्य समन्वय परिषद्ले गम्भीर आपत्ति जनाएको छ।

Nepali Mela Scotland 2026 entrance gateway at Princes Street Gardens with Edinburgh Castle मेला प्रवेशद्वार — एडिनबरा
Nepali Mela Scotland 2026 stage showing organisers Nepal Embassy London and NRNA Scotland मञ्च — Organized by Nepal Embassy London & NRNA Scotland

“कार्यक्रमको तयारी, व्यवस्थापन वा समन्वयमा कुनै योगदान नगरेका केही व्यक्तिहरूले कार्यक्रमका तस्बिर तथा मञ्चका दृश्य प्रयोग गरी आयोजकको नाम परिवर्तन गरेर आफूहरूले नै कार्यक्रम आयोजना गरेको जस्तो भ्रामक प्रचार गर्नु दुःखद र गैरजिम्मेवार कार्य हो। यसले कार्यक्रम सफल बनाउन दिनरात खटिएका स्वयंसेवक, आयोजक संस्था तथा सहयोगीहरूको योगदानको अवमूल्यन गरेको छ।”

— माधव भण्डारी, सचिव, एनआरएनए स्कटल्यान्ड राज्य समन्वय परिषद्

परिषद्का सचिव माधव भण्डारीका अनुसार उक्त कार्यक्रम लन्डनस्थित नेपाली दूतावास, एनआरएनए स्कटल्यान्ड तथा स्कटल्यान्डस्थित विभिन्न नेपाली संघ–संस्थाको संयुक्त सहकार्य, सयौं स्वयंसेवकको अथक मेहनत र लामो समयको समन्वयबाट सम्पन्न भएको हो।

उनले यस्ता भ्रामक समाचार र प्रचार सामग्रीले समुदायमा भ्रम सिर्जना गर्ने भएकाले तथ्यमा आधारित सूचना मात्र प्रकाशन गर्न सञ्चारमाध्यम तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरे। साथै, भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन सम्बन्धित पक्षलाई जिम्मेवार बन्न पनि अनुरोध गरिएको अध्यक्ष शेर बहादुर के.सी. ले बताउनुभयो।

एनआरएनए स्कटल्यान्डले नेपाली मेला कुनै एक व्यक्ति वा समूहको कार्यक्रम नभई सम्पूर्ण नेपाली समुदायको साझा सांस्कृतिक उत्सव भएको उल्लेख गर्दै, यसको सफलतामा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सबै संस्था, स्वयंसेवक, कलाकार, प्रायोजक र सहभागीप्रति पुनः आभार व्यक्त गरेको छ।

Earlier Nepali Mela 2026 stories are kept in the News Archive — including Scottish Parliament praise and the organisers’ thank-you message.

Who we are

The voice of Nepali Scotland, since 2011

NRNA Scotland is the official Scotland chapter of the Non-Resident Nepali Association, a global body representing over three million Nepalis living outside Nepal.

We bring the community together across Edinburgh, Glasgow, Aberdeen and Dundee — supporting new arrivals, preserving culture for the next generation, and speaking up for Nepali interests in Scottish civic life.

4Chapters across Scotland
40+Events run each year
£28kRaised for welfare causes
12Committee members
NRNA Scotland committee members
Est.2011
Sher Bahadur K.C., President of NRNA Scotland
शेर बहादुर के.सी. President, NRNA Scotland
Focus Unity & service
Chapter Scotland
From the President's desk

अध्यक्षको सन्देश

स्कटल्याण्डमा रहेका नेपाली समुदायलाई एकताबद्ध, सशक्त र सहयोगी बनाउनु हाम्रो साझा जिम्मेवारी हो।

प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू, गैरआवासीय नेपाली संघ, राज्य समन्वय परिषद स्कटल्याण्डको तर्फबाट यहाँहरू सबैमा हार्दिक अभिवादन व्यक्त गर्दछु। हाम्रो साझा उद्देश्य स्कटल्याण्डमा रहेका नेपाली समुदायलाई एकताबद्ध, सशक्त, सहभागिता र सहयोगी बनाउनु हो। नेपाली भाषा, कला, संस्कृति, परम्परा तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्दै नयाँ पुस्तासम्म यसको हस्तान्तरण गर्नु हाम्रो दायित्व हो।

यसै भावनाका साथ NRNA Scotland निरन्तर सामाजिक सेवा, परोपकारी कार्य, समुदायको हित र आपसी सहकार्यका लागि प्रतिबद्ध रहेको छ। यस वर्ष आयोजना हुन गइरहेको नेपाली मेला स्कटल्याण्ड २०२६, १३ जुलाई हाम्रो समुदायको गौरवमय उत्सव हो। यो केवल नेपालीहरूको भेटघाट मात्र नभई नेपालको कला, संस्कृति, परम्परा, पर्यटन, स्वादिष्ट परिकार तथा विविधतालाई स्कटल्याण्डको बहुसांस्कृतिक समाजसमक्ष प्रस्तुत गर्ने महत्वपूर्ण अवसर पनि हो।

म स्कटल्याण्डमा बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय, साथीभाइ, शुभचिन्तक तथा विभिन्न समुदायका मित्रहरूलाई परिवारसहित नेपाली मेला २०२६ मा सहभागी भई कार्यक्रमलाई भव्य र सफल बनाउन हार्दिक अनुरोध गर्दछु। तपाईंहरूको सहभागिता नै हाम्रो सबैभन्दा ठूलो शक्ति र प्रेरणा हो।

एकतामा शक्ति, सेवामा समर्पण, संस्कृतिमा गौरव। धन्यवाद।

Unity Bringing Nepali families together across Scotland.
Service Supporting welfare, wellbeing and practical community needs.
Culture Passing language, tradition and identity to the next generation.
शेर बहादुर के.सी. अध्यक्ष, NRNA Scotland
For Nepali by Nepali
NRNA Scotland Motto

“एकता, सेवा र संस्कृतिको संरक्षण — समृद्ध नेपाली समुदायको आधार।”

What we do

Four ways we serve the community

Everything NRNA Scotland does falls under one of these commitments to the Nepali diaspora.

Community & culture

Dashain, Tihar and Nepali New Year celebrations that keep tradition alive for families across Scotland.

Welfare & support

Practical help for new arrivals and vulnerable members — housing guidance, hardship funds and peer support.

Advocacy

Representing Nepali interests to Scottish councils and institutions, and linking with NRNA UK and NRNA ICC.

Youth & education

Mentoring, scholarships and language classes so second-generation Nepali-Scots stay connected to their roots.

2025 highlights

Essential events and works in 2025

Key community programmes from the year, including yoga and wellness, welfare support, culture, youth and civic action.

NRNA Scotland yoga and wellness support
2025Health

Yoga and wellness programs

Scotland · Wellbeing, health checks & community care
View photos →
NRNA Scotland cultural recognition ceremony
2025Culture

Cultural and recognition events

NRNA Scotland · Community honour, culture & identity
View photos →
NRNA Scotland public support gathering
2025Civic

Community advocacy and support

Scotland · Public solidarity, awareness & Nepali welfare
View photos →
NRNA Scotland essential committee work
2025Work

Committee work and community service

Falkirk · Planning, volunteering & local partnerships
View photos →
News archive

Earlier stories

Older announcements and features. Open a story to read the full article.

Parliament Scottish Parliament praises Nepali Mela Edinburgh 2026 14 July 2026 · Motion S7M-00647
NRNA Scotland leaders and guests recognised in Scottish Parliament motion S7M-00647
नेपाली मेला २०२६ — आयोजक र अतिथिहरू
Scottish Parliament

Parliament praises Nepali Mela Edinburgh 2026

Motion S7M-00647 Lodged 14 July 2026 Martyn Day MSP

The Scottish Parliament congratulated the organising committee of Nepali Mela Edinburgh 2026 and NRNA UK State Coordination Council – Scotland on the second Nepali Mela, held at the Ross Bandstand in Princes Street Gardens on 13 July 2026.

Cultural celebration

Congratulates NRNA Scotland for celebrating Nepal’s heritage through arts, music, dance, handicrafts, tourism and cuisine.

Community contribution

Recognises the important contribution the Nepalese community makes to Scotland’s cultural and civic life.

Friendship & inclusion

Praises events like Nepali Mela for promoting friendship, inclusion, cultural understanding and social harmony.

Leadership commendation

Commends Chairman Sher Bahadur KC, Secretary Madhav Bhandari and everyone who organised and supported the celebration.

Full motion text and details are published on the Scottish Parliament website.

Read motion S7M-00647 →
Thank you नेपाली मेला २०२६ — सम्पूर्ण सहयोगीप्रति आभार 15 July 2026 · NRNA Scotland
Nepali Mela Scotland 2026 — large crowd gathered at the festival
समाचार · News १५ जुलाई २०२६ · Scotland

एनआरएनए स्कटल्यान्ड राज्य समन्वय परिषद्ले नेपाली मेला २०२६ सफल बनाउन योगदान गर्ने सम्पूर्ण सहयोगीप्रति हार्दिक आभार।

दोस्रो नेपाली मेला २०२६ को ऐतिहासिक सफलतापछि आयोजक एनआरएनए स्कटल्यान्ड राज्य समन्वय परिषद्ले कृतज्ञता व्यक्त गर्दछ।

दोस्रो नेपाली मेला २०२६ को ऐतिहासिक सफलतापछि आयोजक एनआरएनए स्कटल्यान्ड राज्य समन्वय परिषद्ले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सम्पूर्ण व्यक्ति, संस्था र समुदायप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछ। परिषद्का अनुसार उक्त कार्यक्रम लन्डनस्थित नेपाली दूतावास, एनआरएनए स्कटल्यान्ड तथा स्कटल्यान्डस्थित विभिन्न नेपाली संघ–संस्थाको संयुक्त सहकार्य, सयौं स्वयंसेवकको अथक मेहनत र लामो समयको एकता, सहकार्य प्रतिबद्धताल र समन्वयबाट सम्पन्न भएको हो।

Young performers in traditional Nepali dress at Nepali Mela Scotland सांस्कृतिक प्रस्तुति
Dignitaries and officials at Nepali Mela Scotland 2026 अतिथि तथा पदाधिकारीहरू

स्वयंसेवकहरू

कार्यक्रमको सफलतामा आफ्नो समय, श्रम, सीप र अनुभव निस्वार्थ रूपमा समर्पण गर्ने प्रत्येक स्वयंसेवक, आयोजक टोली, कार्यसमिति र उपसमितिका सदस्यहरूको योगदान अतुलनीय रहेको छ।

कलाकार र भेन्डरहरू

स्टल सञ्चालन गर्ने भेन्डरहरू, नेपाली स्वाद, कला, संस्कृति तथा व्यवसायलाई आकर्षक रूपमा प्रस्तुत गर्दै मेलालाई थप जीवन्त बनाउन महत्वपूर्ण भूमिका खेलेका सबैलाई विशेष धन्यवाद।

अतिथि र समुदाय

प्रमुख अतिथि, विशिष्ट अतिथि, स्थानीय जनप्रतिनिधि, नेपाली दूतावास लण्डनबाट क्रयाबाहक राजदूत महामहिम श्री बिपिन दुवादी ज्यू र सम्पूर्ण आमन्त्रित अतिथिहरूप्रति हार्दिक आभार।

महिनौंसम्म निरन्तर योजना, समन्वय, तयारी र व्यवस्थापनमा जुटेर कार्यक्रमलाई सफल बनाउन योगदान दिने सबै साथीहरूलाई विशेष धन्यवाद ज्ञापन गर्दछौं।

त्यस्तै, कार्यक्रममा उपस्थित भई आफ्नो गरिमामय उपस्थितिबाट कार्यक्रमलाई अझ प्रतिष्ठित बनाइदिने प्रमुख अतिथि, विशिष्ट अतिथि, सम्माननीय पाहुना, स्थानीय जनप्रतिनिधि, नेपाली दूतावास लण्डन बाट क्रयाबाहक राजदुत महामहिम श्री बिपिन दुवादी ज्यू, कलाकार, सञ्चारकर्मी, प्रायोजक, सुरक्षा निकाय तथा सम्पूर्ण आमन्त्रित अतिथिहरूप्रति पनि हार्दिक आभार व्यक्त गर्दछौँ। व्यस्त कार्यतालिकाका बीच पनि निमन्त्रणा स्वीकार गरी कार्यक्रममा सहभागी बनेर नेपाली समुदायलाई हौसला प्रदान गरेकोमा आयोजकले सबैप्रति सम्मान व्यक्त गर्दछौं।

नेपालबाट पाल्नु भएका राष्ट्रिय कलाकारहरू प्रकाश दूतराज, इन्द्र जिसी, मञ्जु विक, शोभा त्रिपाठी र रमेशराज भट्टराई, स्कटल्यान्डका स्थानीय कलाकारहरू, विभिन्न संस्थाबाट ल्याउनु भएका प्रस्तुतिहरू, सांस्कृतिक कार्यक्रम, NHA अबर्दीनको प्रतिनिधित्व गरी आएका भाइहरूको ब्याण्डले प्रस्तुत गरेको उत्कृष्ट सांगीतिक तथा सांस्कृतिक कार्यक्रमले मेलाको आकर्षणलाई नयाँ उचाइमा पुर्‍याएको र उहाँहरूको योगदानप्रति पनि विशेष धन्यवाद व्यक्त गर्दछौं।

यसैगरी, कार्यक्रमको प्रचार–प्रसारमा सहयोग गर्ने नेपाली तथा स्थानीय सञ्चारमाध्यम, फोटोग्राफर, भिडियो टोली, प्राविधिक टोली, सरसफाइमा खटिएका सहयोगी, यातायात व्यवस्थापनमा सहयोग गर्ने सबै पक्ष तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण शुभेच्छुकहरूप्रति पनि हामी कृतज्ञता प्रकट गर्दछौं।

कार्यक्रममा सहभागी भई नेपालीपनप्रतिको माया र अपनत्व प्रदर्शन गर्ने हजारौं नेपाली, स्थानीय स्कटिश समुदाय तथा अन्य अन्तर्राष्ट्रिय समुदायका आगन्तुकहरूलाई र उहाँहरूको उत्साहजनक सहभागिताले नेपाली मेला २०२६ लाई स्कटल्यान्डमा नेपाली समुदायको एकता, संस्कृति, पर्यटन र सामाजिक सद्भावको उत्कृष्ट उदाहरणका रूपमा स्थापित गरेको हामीहरूको विश्वास छ। सबैभन्दा ठूलो धन्यवाद यस मेला सफल बनाउन आर्थिक सहयोग गर्नुहुने आदरणीय मनका धनी दाताहरूलाई हार्दिक धन्यवाद।

एनआरएनए स्कटल्यान्डले आयोजनामा भएको यस नेपाली मेला कुनै एक व्यक्ति वा संस्थाको मात्र कार्यक्रम नभई सम्पूर्ण नेपाली समुदायको साझा उत्सव भएको र आगामी वर्षहरूमा पनि यही एकता, सहकार्य र आपसी विश्वासलाई कायम राख्दै अझ भव्य रूपमा कार्यक्रम आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।

"यो सफलता कुनै एक व्यक्तिको होइन, सम्पूर्ण समुदायको साझा सफलता हो। साथ, सहयोग, विश्वास र समर्पणका लागि सम्पूर्ण सहयोगी हातहरूप्रति हामी हृदयदेखि नै आभारी छौं।"

— एनआरएनए स्कटल्यान्ड राज्य समन्वय परिषद्

Become part of NRNA Scotland

Membership supports community welfare work and gives you a vote at the AGM, plus priority booking for every event we run.

Join Today →